२९ आश्विन २०८३, बिहिबार

देशका लाखौँ युवाको भविष्य नेकपाको सरकारले मात्र सुनिश्चित गर्न सक्छ : भट्टराई

6.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ मंसिर । नेकपाका नेता निर्मल भट्टराईले देशका लाखौं युवाको भविश्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मात्र सुनिश्चित गर्न सक्ने बताएका छन् ।

भक्तपुर निर्वाचन क्षेत्र १ क को उप चुनावमा नेकपाका उम्मेद्वार देवी प्रसाद ढकाललाई जिताउन आयोजित चानपा ७ मा आयोजित वृहत् युवा विद्यार्थी भेलामा उनले सो कुरा बताएका हुन् । उनले भने “देशको विकास र समृद्धिको लागि युवा विद्यार्थीको सकृय सहभागिता विना संभव छैन ।”

पार्टी जिल्ला अध्यक्ष वचन देउजाले समाजका हर क्षेत्रमा कायापलट ल्याउन उप चुनावमा नेकपालाई विजय गराउनु पर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा जिल्ला नेताहरु रजन के सी, राष्ट्र शम्सेर थापा, राजु अधिकारी, राधाकृष्ण लामिछाने, लक्ष्मण लामिछानेलगायतले युवा विद्यार्थीलाई चुनावी प्रशिक्षण दिएका थिए ।

भेलाले निरन्जन लामिछानेको संयोजकत्वमा १०१ सदश्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।