
काठमाडौँ, ३ मंसिर । प्रतिनिधि सभाका माननीय सांसद पम्फा भुसालको प्रमुख आतिथ्यतामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत DAV विद्यालय धोविघाट ललितपुरमा अध्यनरत विद्यार्थीहरूसँग “लागुऔषध दुर्व्यसनी तथा त्यसका दुस्परिणाम” विषयमा प्रशिक्षण कार्यक्रम यही मंसिर ३ गते मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा माननीय सांसद पम्फा भुसालले जुनसुकै क्षेत्रमा सफलता प्राप्त गरेको व्यक्तिलाई हेर्दा लागुऔषधको कुलतमा नपरेको व्यक्तिले नै समाजमा उन्नति गरेको बताउँदै विद्यार्थीहरूलाई त्यस तर्फ सचेत रहन आग्रह गरे । कुलतको प्रयोगले मनिसले आफ्नो जीवनमा कहिले पनि सफलता प्राप्त गर्ने नसक्ने बताए ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले लागुऔषध र सामाजिक संजालको दुरुपयोगबाट अपराधिक गतिविधिहरु बढ्दै गएको चर्चा गर्दै त्यस्ता अपराधबाट बच्न सदैब सजग हुन समेत आग्रह गरे ।
विद्यार्थीहरू विभिन्न खराब साथी संगतको कारणले लागुऔषधको कुलतमा फँसी आफ्नो अमूल्य जिवन वर्वाद गरिरहेको तर्फ संकेत गर्दै त्यसबाट बच्न विद्यार्थी स्वंयम र अभिभावकहरूले पनि आफ्ना सन्तान प्रति विशेष ख्याल राख्नु पर्ने बताए ।
सोही विद्यालयका सहायक प्रधानध्यापक रामचन्द्र खनाल र ललितपुर महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेश कुमार महर्जनले आआफ्ना मन्तव्य व्यक्त गरेका थिए ।
महानगरीय प्रहरी प्रभाग सानेपा र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा सानेपाको आयोजनामा संचालित कार्यक्रममा रिचमञ्च नेपालका प्रशिक्षक भिम कुँवरले लागुऔषधको असर सम्बन्धी प्रस्तुतीकरण गर्नु भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र सानेपाको अध्यक्ष दान बहादुर थापाको सभापतित्वमा सम्पन्न भयो ।















प्रतिक्रिया