२९ आश्विन २०८३, बिहिबार

विद्युत् चुहावट गर्ने पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जलेश्र्वर, ३ मंसिर । नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वर महोत्तरीले विद्युत् चुहावट गर्ने १४ जनालाई पक्राउ गरेको छ ।

जिल्लामा विद्युत चुहावट बढी भइरहेकोप्रति नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरले चुहावट नियन्त्रण अभियान चलाएपछि १४ जनालाई पक्राउ गरिएको सो कार्यालयले जनाएको छ ।

विद्युत कार्यालयको चुहावट नियन्त्रण अभियान टोलीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीको सहयोगमा १४ जनालाई पक्राउ गरिएको हो ।

टोलीले तीन थान पानी तान्ने मोटर, एलएडी टिभी एक थान, रेफ्रिजरेटर एक थान र तार १५० मिटरसमेत बरामद गरेको जनाइएको छ । विद्युत् चुहावट गर्दागर्दै पक्राउ परेका १४ लाई जरिवाना गरी छाडिने विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरले जनाएको छ । –रासस