मंगलबार, ३ मंसिर २०७६
DainikNepal.com
मंगलबार, ३ मंसिर २०७६

अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको अन्तर्क्रिया कार्यक्रम दिल्लीमा सम्पन्न

दैनिक नेपाल २०७६ मंसिर ३ गते १३:५४

काठमाडौं, ३ मंसिर ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा सप्तरीका क्षेत्रीय सदस्य सञ्जय कुमार खड्काले नेपालको आर्थीक, सामाजिक, राजनितिक क्षेत्रमा सीए विद्यार्थीहरुको भूमिका महत्वपुर्ण हुने बताएका छन् । अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन लक्ष्मीनगर नगर कमिटी चार्टड एकाउन्टेन्ट्स नयाँ दिल्लीले आयोजना गरेको सीए विद्यार्थीहरुको अन्तर्क्रिया कार्यक्रममा बोल्दै खडकाले देश विकासका लागि सीए विद्यार्थीको महत्वपुर्ण भूमिका रहने बताउनुभएको हो ।

नयाँ दिल्लीमा सम्पन्न कार्यक्रममा नेपालबाट विशेष अतिथी खड्का सहित विभिन्न युनियनका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अखिल नेपाली स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सुधम महत, आप्रवासी संघ दिल्लीका सचिव आर बी खड्का, भारतीय चार्टड एकाउन्टेन्ट्स नेपाली विद्यार्थी युनियनका अध्यक्ष राहुल कुमार यादव साथै भूतपूर्व अध्यक्ष गीरु न्यौपाने, युनाइटेड मधेशी अफ नेपालका अध्यक्ष साथै भूपू अध्यक्ष आर डी महतो, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका भूतपूर्व अध्यक्ष राज ढकाल र अर्जुन दयालको सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न समसामायीक, राजनीतिक, आर्थिक, शैक्षिक, साथै पछिल्लो समय देखिएको सीमा विवादकाबारेमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको धारणा र विचारको वारेमा छलफल भएको छ । कार्यक्रमा नेपालको हिमाल, पहाड र तराईमा देखिएका विभिन्न समस्याका बारेमा पनि छलफल भएको छ ।

नेपालको आर्थिक, शैक्षिक, सामाजिक विकासको लागि पनि नेपाली सीए विद्यार्थीहरुले कस्तो भूमिका खेल्न सक्छन् भन्ने विषयमा पनि विचार आदान प्रदान भएको थियो । कार्यक्रममा नेपालबाट भारतमा अध्ययन गर्दै आइरहेका नेपाली विद्यार्थीहरुका समस्या र ति समस्यालाई कसरी निराकरण गरी सहज रुपमा अध्ययन गर्न सक्ने वातावरण निर्माण गर्न सकिन्छ भन्ने विषयमा पनि विचार आदान प्रदान भएको छ ।

प्रतिक्रिया
सम्बन्धित