मंगलबार, ३ मंसिर २०७६
DainikNepal.com
मंगलबार, ३ मंसिर २०७६

ओली : देशका चम्किला नक्षत्र

दैनिक नेपाल २०७६ मंसिर २ गते २०:२५

-वि.वि. श्रेष्ठ
काठमाडौँ । अवसर र चुनौतीको बीचमा रहेका नेकपा अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा समेत केन्द्रविन्दुमा रहेका छन् ।

नेपालको लामो समयको राजनैतिक अस्थिरतामा गुज्रिएको परिवेशमा नेकपाको दुईतिहाईको सरकार बनेपछि र त्यसको नेतृत्वमा नै केपी शर्मा ओली रहेपछि नेपालको राजनैतिक परिवेश गर्माएको छ ।

लामो राजनैतिक आन्दोलन, विभिन्न प्रकारको जेल नेल र दुख कष्टका साथ यो अवस्थामा आईपुगेका ओलीको आत्माविश्वास नै उनको मुख्य बाँच्ने आधार हो ।

त्यही आत्माविश्वासले नै विभिन्न प्रकारका स्वास्थ्यका प्रतिकुलतालाई जित्दै आउनुभएको ओलीको हालको क्रियाशीलतालाई हेर्दा लाग्दछ । प्रधानमन्त्रीत्व कालमा नेपालको ईतिहासमा केपी ओलीले राम्रो छाप छोड्नेछन् ।

ईमान वाहेक सवै परिवेशको सीमा तोकिएको वताउनुभएको प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यले साथ नदिँदा पनि सक्रियताका साथ काम गरेका कसैसामु छिपेको छैन । आत्माविश्वासले जितेका ओली आजको देशको प्रमुख कार्यकारी हुदाँसम्म समान्य त्याग, तपस्याले यो अवस्थासम्म आईपुगेका हैनन् ।

राणा शासन, पंचायत, राजतन्त्र हुँदै गणतन्त्रसम्म आईपुग्दा केपी शर्मा ओलीको ईतिहास हेर्ने हो भने विश्वको राजनेताको भन्दा कम छैन ।

तर पनि यतिधेरै योगदान गरेको व्यक्तिको स्वास्थ्य जस्तो संम्वेदनशील विषयलाई लिएर भद्या मजाक उडाएर लाभ लिन खोज्नु र आफू बलियो बन्न खोज्नु भनेको मुर्खता शिवाय अन्य केही हुन सक्दैन ।

स्वास्थ्य आम व्यक्ति होस वा अन्य राजनैतिक नेतृत्व उनीहरुको योगदानका अगाडी ओलीको योगदानलाई कदापी दाँज्न सकिदैन ।

संघर्षको चरणदेखि नै राजनैतिक भुमिकामा ओलीको कार्यशैलीलाई नजिकबाट नियाल्ने हो भने अन्यन्त महत्वपुर्ण पाउन सकिन्छ । यद्यपी समाजिक संजाल देखि राष्ट्रियस्तरको नेताकोे स्वास्थ्यको विषयमा गरिएको भद्या आलोचनालाई भने कदापी स्वीकार्न सकिदैन ।

देश र जनताका लागि व्यक्तिको योगदान के कति हो मुल्यांकन गर्ने भन्दा पनि राष्ट्रिय ढुकुटीको विषयलाई लिएर गरिने अतिरन्जित गतिविधिले व्यक्तिको चेतनास्तरको मापन राम्रैसँग गरेको पाईन्छ । सजिव प्राणीमा स्वास्थ्य अनुकूल र प्रतिकूल समान्य प्रक्रिया हो यो समेत सामान्य रुपमा नलिनेहरु देशका लागि बोझ शिवाय केहि हुन सक्दैनन् ।

जुन आफैमा पनि भोलिका दिनमा पर्न सक्दछन् । व्यक्ति सधैँ एकाकार हुन सक्दैनन् । जो कोही पनि सर्वशक्तिमान हुन सक्दैन भने झैँ ओली पनि सर्वशक्तिमान होईनन् । जुनबाट कमी कमजोरी नै नहुन् ।

ओलीबाट विगतमा देशका लागि योगदान दिने क्रममा गल्ती कमी कमजोरी भएनन् यो भन्न सकिदैनँ । तर पछिल्लो घटनाक्रमलाई नजिकबाट नियाल्ने हुन् भने नेपालको परिवेशमा ओली नै सबैभन्दा देशभक्ति र सफल प्रधानमन्त्री हुन् ।

तत्कालीन सन्दर्भमा नेपालको संविधानसभाबाट बनेको संविधान जारी गर्ने बेलामा भारतले नाकावन्दी लगाएका परिवेशमा ओली ले नै भारतको चर्को विरोध गरेका थिए । त्यसैको परिणाम लामो समयसम्म लागेको नाकावन्दी भारतले फिर्ता लिन बाध्य भयो ।

राजनैतिक भुमिकामा रहँदा ओलीको त्यो भुमिकालाई आम नेपालीले मात्र होईन विदेशमा समेत त्यसको राम्रो प्रभाव परेको थियो । त्यहीपछि भएको रापतापमा भएको चुनावमा त्यही ओलीको भुमिकाले नेकपालाई पहिलो पार्टी बनायो ।

त्यही जीतको नतिजामा ओली प्रधानमन्त्रीमा विराजमान भईरहदाँ भारतले फेरि पनि नयाँ नक्सा सार्वजनिक गरेर यो सरकारलाई कमजोर बनाउने प्रयत्न गरिरहेको छ ।

मोदीको नेतृत्वले हालै कश्मीर लगायतका एरियालाई आफनो अधिनस्थ राखेर आफनो दादागिरी देखाउँदै गर्दा नेपालमाथि हेप्ने, अधिनायकवाद लाद्ने नयाँ विषय होईन ।

सीमा सुरक्षा जस्तो गम्भिर राष्ट्रिय विषयमा ओली नेतृत्वको सरकारले सर्वसम्मतीमा देशको सीमा रक्षाका लागि लिईएको सर्वसहमती सानो विषय होईन ।

हिजोको जस्तो परिवेश नभएको सन्दर्भमा देशमा रहेको सम्पूर्ण राजनैतिक शक्तिहरुको देश प्रतिको भक्तिभागमा एकता देखाउने पहल कदमी आँफैमा गौरवको विषय हो । जसले नेपाल राष्ट्रिय स्वाधिनताका मामलामा एक छ भन्ने सन्देश राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पनि देखाएको छ ।

जसले गर्दा शक्तिशाली राष्ट्र चीन पनि नेपालको सन्दर्भमा सकारात्मक देखिएको छ । यो पनि ओलीको राष्ट्रवादको अनुपम उदारहण हो । जुन राष्ट्रवादले भारतलाई घूँडा टेकाउन मद्दत गर्दछ ।

भारतसँगको सीमा विवाद नयाँ होईन । सयौँ वर्षदेखिको यो विवाद एकैचोटी समाधान हुने पनि होईन र यसमा दादागिरी पनि चल्दैन ।

सरकारबाट कुटनैतिक तवरबाट यसको समाधान नै मुख्य कडी हो । ओली नेतृत्वको सरकारले यसमा अग्रसरता लिईसकेको छ । विगतमा राष्ट्रिय राजनितीमा भारतको चर्को गुलामी गर्ने नेपाली काग्रेस त्यही सीमाको विवाद लिएर उग्र राष्ट्रवादको ताज पहिरन तल्लीन छ ।

जुन आम नेपाली जनतालाई स्वीकार्य छैन । सत्ता र सरकारमा रहँदा सधैँ भारतको भक्ति गाउने नेपाली कांग्रेस सीमाको विषय उचालेर जनतालाई भ्रमको खेती गर्न तल्लीन देखिन्छ ।

एक्काईसाैँ शताब्दी जनतालाई पुन झुक्याउने रणनितीमा लागेको नेपाली काग्रेसको यो विषयमा पनि कुनै तुक छैन । ओली सरकारको विरोध गर्नका लागी कुनै विषय नपाएको नेपाली कांग्रेस अन्तत सरकारको अग्रसरता सँगै निहुरिने पक्का छ ।

सपना र कल्पना समाज परिवर्तनका मुख्य कडि हुन् । सपनाले नै समाज परिवर्तनको मुख्य ढोका हो । ओलीले त्यहि सपना देखे र जनतालाई देखाए, जुन सपना बिस्तारै पुरा हुँदै जान थालेको छ ।

अमलेखगंज देखि नेपालसम्म पाईपलाईनवाट ईन्धन नेपाल भित्रनु ओलीको सफलताको सुचक हो । जुन पाईपलाईन हुदै ईन्धन चितवनमा झर्दे छ । जसले गर्दा ईन्धन आपुर्तिमा सहज र किफायती हुनेछ । जसले गर्दा जनताले प्रत्यक्ष राहत पाउने छन् ।

सीमा विवाद हुदै गर्दा सीमा नाकामा सुरक्षा दस्ता राख्ने निर्णयले गर्दा ओलीमा साँच्चै राष्ट्रभक्तिभाव नसा नसामा बगेको छ भन्ने पुष्टि हुन्छ । सचिवस्तरिय कुटनैतिक तवरवाट सीमा समाधानमा ओलीको सक्रियता अर्को सफल कार्य हो ।

संघीयताको कार्यन्वयन मुख्य चुनौती रहेको सन्दर्भमा आम जनताले आशातित कार्य गर्न नसकिएको ओलीले स्वीकारेको र अहिलेसम्म आधारवर्षका रुपमा रहेको र अबको दिनमा देखिने गरि विकास निर्माण हुने लक्ष्य लिएको ओली सरकारको कार्ययोजना हेर्दा अवश्य पनि पुरा हुने कुरामा कुनै शंका देखिदैन ।

सिहंदरबारको विकास गाँउ गाँउ सम्म पुरयाउने नयाँ व्यवस्था कार्यन्वयनमाा समय खर्चेको ओली सरकार त्यसका वावजुद पनि देशमा भएको बहुवर्षीय कार्यक्रम होस वा विकास निर्माणको गति हिजोको सरकारसँग कदापी दाँज्न सकिदैन ।

पानीजहाज र रेलका सपना देखाएका ओली त्यसबाट अलग हुन सक्दैनन् । सम्भाव्यताका सपनालाई मुर्त रुप दिनका लागि लागिपरेका ओली देशका नै नक्षत्र हुन् । जुन लामो समयसम्म चम्किरहनेछन् ।

लामो समयको आन्दोलन, विभिन्न कालखण्डमा राजतन्त्र, राणाशासन कालमा भोगका त्यो दर्दनाक अवस्थाले ओलीको स्वास्थ्य बिग्रनु अस्वाभाविक हैन ।

जेलनेल भोगेको ओली चौध वर्ष जेल जीवन व्यतित गर्दा तत्कालिन समयमा कति क्रुरता भोगेका होलान् जुन हामी कल्पना पनि गर्न सक्दैनौँ । यद्यपी पनि ओलीको अहिलेको क्रियाशिलता र आत्माविश्वास हेर्दा नेपाली हुनुमा गर्व लाग्दछ ।

राणाशासनको त्यो बर्बर यातना सहन नसकेर आत्मसर्मपण गर्नु, भागेर ज्यान जोगाउनु, पलायन हुनको सन्दर्भमा ओलीको निरन्तरता आफैमा गौरवका विषय हुन् ।

पक्कै पनि लामो राजनैतिक संघर्षमा ओलीबाट कमीकमजोरी नभएका होईनन् तर त्यसबाट तिखारिँदै आजको अवस्थामा आईपुग्नु सहज विषय होईन ।

खानका लागि बाँच्नेहरुका बीचमा ओली आकाशका चम्किला तारा हुन् जुन लामो समयसम्म चम्किरहनेछन् बिलाउनेहरुका त्यो भीडमा ओली त्यो दियो हो जसले आम नागरिकलाई देशका लागी केही गर्ने प्रेरणा दिनेछन् ।

ओलीको यहि क्रियाशीलताले देशमा भएको यो परिवर्तनले साँच्चै देश चाँडै नै फड्को मार्ने कुरामा कुनै शंका छैन । विरोधका लागि विरोध केहि समयका लागि मात्र सह्य हुन सक्नेछ । ओलीको सरकार संचालनको यही स्पीडले नयाँ नेपाल निर्माणमा महत्वपुर्ण भुमिका खेल्नेछ ।

बक्स १
जो कोही पनि सर्वशक्तिमान हुन सक्दैन भने झैँ ओली पनि सर्वशक्तिमान होईनन् । जुनबाट कमी कमजोरी नै नहुन् । ओलीबाट विगतमा देशका लागि योगदान दिने क्रममा गल्ती कमी कमजोरी भएनन् यो भन्न सकिँदैन ।

तर पछिल्लो घटनाक्रमलाई नजिकबाट नियाल्ने हुन भने नेपालको परिवेशमा ओली नै सबैभन्दा देशभक्ति र सफल प्रधानमन्त्री हुन् ।

प्रतिक्रिया
सम्बन्धित