सोमबार, २ मंसिर २०७६
DainikNepal.com
सोमबार, २ मंसिर २०७६

जनता बैंकद्धारा मुनाफाकाे १२ प्रतिशत लाभाँश पारित

दैनिक नेपाल २०७६ मंसिर २ गते १६:५९

काठमाडौँ, २ मंसिर । जनता बैंक नेपाल लिमिटेडको दशौं वार्षिक साधारणसभा मंसिर २ गते सोमबार सञ्चालक समितिका अध्यक्ष केशव बहादुर रायमाझीको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा सम्पन्न भयो ।

दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई रु. १२ प्रतिशतले हुन आउने रकम रु. ९६ करोड ९४ हजार ३ सय १० रुपैयाँ ९४ पैसा बराबरको लाभाँश पारित गरेको छ । पारित १२ प्रतिशतको लाभाँश मध्ये ६ प्रतिशत बोनश शेयर तथा ६ प्रतिशत नगद लाभाँश हुनेछ ।

सभाले जनता बैक नेपाल लिमिटेडको १०० कित्ता शेयरलाई ग्लोबल आईएमइ बँैक लिमिटेडको ८५ कित्ता (१ः०.८५) शेयर आदान प्रदान अनुपात कायम हुने गरी ग्लोबल आईएमइ बैक लिमिटेडसँगको मर्जर सम्बन्धी सम्पुर्ण एजेण्डाहरुको साथै सभासमक्ष प्रस्तावित सम्पूर्ण एजेण्डालाई पारित गरेको छ ।

शेयरधनीहरुको सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैँकसमक्ष अन्तिम स्वीकृत प्राप्त गरी ग्लोबल आईएमइ बैँक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको छ ।

मर्जरपश्चात बन्ने ग्लोबल आईएमइ बैँक लिमिटेडको मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुनेगरी तयारी भरहेको बैँकले जनाएको छ । करिव ३ सय भन्दा बढी शाखा सञ्जाल, ३ हजार २ सय कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैँक बन्नेछ ।

मर्जरपश्चात चुक्ता पूँजी करिव १९ अर्ब, निक्षेप रु. २ खर्ब १३ अर्ब, कर्जा रु. १ खर्ब, ९४ अर्ब भएको सवल र सक्षम बैँक बन्ने विश्वास लिईएको छ ।

प्रतिक्रिया
सम्बन्धित