सोमबार, २ मंसिर २०७६
DainikNepal.com
सोमबार, २ मंसिर २०७६

मुक्तिनाथ बैंकको व्यवसायिक साक्षरता कार्यक्रम तुलसीपुर दाङमा

दैनिक नेपाल २०७६ मंसिर २ गते १५:५९

काठमाडौँ, २ मंसिर । मुक्तिनाथ विकास बैंक लिले यही कात्तिक २९ गते आफ्ना कार्यक्षेत्रका स्थानीय उद्योगी, व्यवसायीहरुलाई व्यवसायिक साक्षरता कार्यक्रम दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा सम्पन्न गरेको छ ।

व्यवसायिक साक्षरता कार्यक्रममा व्यवसायको खोजी तथा व्यवस्थापन, व्यवसाय दर्ता, बजार व्यवस्थापन, बजार प्रवद्र्धनका लागि आवश्यक कानुनी कागजात तथा कार्यविधि, दोहोरो लेखा प्रणाली, आय कर, मुल्य अभिवृद्धि कर ऐनमा भएका संशोधनहरु, वित्तीय कारोबारबारे चेतना जगाउने, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, व्यवसायमा जोखिम तथा न्युनिकरण लगायतको विषयमा चेतनाको अभिवृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

व्यवसायिक साक्षरता कार्यक्रममा ४० जना स्थानीय उद्योगी, व्यवसायीहरुको सहभागीता रहेको थियो ।

उपस्थित सहभागीहरुले मुक्तिनाथ विकास बैंक लिले व्यवसायिक साक्षरता कार्यक्रम मार्फत व्यवसायीहरुमा जुन व्यवसायसँग सम्बन्धित ज्ञानमा अभिवृद्धि गर्ने प्रयास प्रशंसा योग्य रहेको साथै कार्यक्रम अति महत्वपूर्ण रहेको धारणा व्यक्त गरेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।

प्रतिक्रिया
सम्बन्धित