सोमबार, २ मंसिर २०७६
DainikNepal.com
सोमबार, २ मंसिर २०७६

‘नेपाललाई पनि त्यो जमिन बराबर नेपालले मागेको जमिन दे’

दैनिक नेपाल २०७६ मंसिर २ गते १५:१३

-राम रायामाँझी

काठमाडौँ । भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा समावेश गराएपछि चर्केको विवादमा विभिन्न मत सुन्न थालिएको छ ।

यसैक्रममा नेपाली सेनाका एक पूर्व अधिकृत राम रायमाँझीले किन भारतले यसो गर्छ र यस्ता सीमा विवाद समस्याका लागि नेपाल सरकारले कसरी के कस्ता एजेन्डाले प्रस्तुत हुनेबारे आफ्ना सुझाव दिएका छन् ।

भारतले नेपालको कालापानी क्षेत्र अतिक्रमण गरेको यस अवस्थामा निम्न कुरा मनन् गरेर नेपाल सरकारले तत्काल कदम चालोस्

१. ईतिहासलाई हेर्दा भारतले आफ्नो नेपाललगायत सबै छिमेकीलाई सीमानाको विवादमा दुःख दिईरहेको तथ्यबाट प्रष्ट छ ।

२. नेपालको सन्दर्भमा त्यो झन् बढी हेपाहा दृष्टिले लगातार आफ्नो गिद्दे नजर लगाएको प्रष्टै छ ।

३. आन्तरिक राजनीतिमा माइक्रो म्यानेजमेन्ट देखि विभिन्न तहका नियुक्ति समेतमा हस्तक्षेप गरिआएकै हो ।

४. ३ ३ पटकको चरम नाकाबन्धी, कैयौं नदीजन्य अपार प्राकृतिक स्रोतमाथि हेपाहा तरिकाको कब्जा (जसको प्रमाण निर्माणको कैयौं दशक पुग्दा पनि कोशीबासीलाई मुवाब्जा अझैसम्म नदिनु, आफ्नो स्वार्थ पुरा गर्ने बेला नहुँदा सम्म पन्चेश्वर शुरुनगरी हडपेर राख्नु, यस्ता कैयौं छन्)

५. त्यति ठुलो देशले यति सानो असल छिमेकी देशको २३ जिल्लामा गरी ७३ स्थानमा कुल ६० हजार ६ सय २७ (झण्डै सिंगापुर जत्रो जुन करीब ७३ हजार हेक्टर छ, त्यति बराबरको) हेक्टर जमिन अतिक्रमण गरेर के सावित गर्न खोज्दैछ भन्ने के अब पनि प्रष्ट हुँदैन र ?

६. भन्दाखेरि “मित्रों” भन्ने, रोटि बेटीको सम्बन्ध भन्ने, अनि व्यवहार चाँहि कोखामा छुरा धस्ने खालको आखिर किन ? हेपाहाको पराकाष्ठा होईन यो ?

७. नेपाली जमिन (कालापानी)को आडमा (चाईना तर्फ) र बहादुर गोर्खालीको भरमा (पाकिस्तान सीमानामा पहरा दिएका छन् तिनले हतियार दिल्ली तिर फर्काउन पनि पर्दैन, भुईमा राखिदिए पनि निद हराम हुन्छ) दिल्लीमा चैनको निद निदाउनेहरुले आखिर यति ठुलो श्रेयको बदलामा नेपाललाई नै पटक पटक किन पिडा दिईरहेको छ त ?

८. नेपालले सीमानामा काँडे तार लगाउनु पर्छ भन्दा रोटि बेटी र मित्रोँ भनेर फलाक्दै लगाउन नदिने भारतले आखिर २ देखि १० कि. मि. को दुरीमा सशष्त्र फौज राखेर आफ्नो तिर चाँहि किन हतियारको पर्खाल लगाई रोटि बेटी र मित्रोंहरुलाई दिनदिनै रुवाई रहेको छ त ?

९. स्वाभीमानको आकार देशको आकारले नापिँदैन भन्ने ज्ञान नभएर पक्कै होईन, अंग्रेजकालीन गुलाम संकृतिको उपज नेपाल लगायत भारतका सबै छिमेकीले भोग्न परिरहेको छ ।

१०. आफूले लाए पुगेसम्म तब देखि अब सम्मै भारतले नेपाललाई खेद्न, अतिक्रमण गर्न, हेप्न, संकेत ईन्दिरा गान्धीकै पालादेखि नै हडप्न खोजेको हो र छ पनि , त्यति मात्र नभएर भारतको यो शृंखला निरन्तर चलिनै रहने छ भन्ने कुरा यो पछिल्लो कदम (नयाँ नक्सामा नेपाली भुमि हडप्नु) ले प्रष्ट पारेको छ ।

नेपालले लिनु पर्ने अबको बाटो

१. तुरुन्त प्रधानमन्त्री तहमा यो कदमको अस्विकारोक्ति सहितको वार्ता ।

२. राष्ट्रिय माहोल अझ बढी तताई भारतलाई वार्ताको लागि दवाव ।

३. आफ्ना ऐतिहासिक सक्कल प्रमाणहरु तम्तयार गरेर वार्ताको तयारी गर्नु,

४. त्यतिखेरको सन्धि पक्ष बेलायतलाई पनि परेको खण्डमा साक्षीको लागि दुतावास वा परेको खण्डमा प्रधानमन्त्री तहमै पूर्व तयारीको योजना गर्ने ।

५. यतिले नभए संयुक्त राष्ट्रसंघ (युएन) मा समेत जाने गरी पुर्ण तयारी र योजना गर्ने । किनकी शुगौली सन्धी नमान्ने प्रपन्च हो भने हामीलाई उक्त सन्धी अघिको सिमाना “गडवाल “ र “टिस्टा” सम्मको जमिन फिर्ता दिन तयार हुनु प¥र्यो।

६. म आफू पनि १६/१७ वर्ष नेपाली सेनामा रही देशलाई परेको बखत ज्यान हत्केलामा राखी रगत पसिना बगाई देशको सेवा गरेको एक अधिकृत भएको नाताले कालापानी जस्तो सामरिक भेन्टेज प्वाईन्टको महत्व कस्तो छ र भारतीय सेना यो स्थानलाई किन हत्तपत्त छोड्दैन र छोड्ने छैन भन्ने प्रष्ट बुझ्दछु । यसकारण हामीसँग प्रशस्त uppor hand Bargain power छ ।

७. यस परिस्थितिमा भारत यो स्थान (कालापानी ) लाई सुनको टुक्रा हेईन, हिराको मुकुट सरह मान्दछ । अत निसर्त फिर्ता गर्न नमानेको खन्डमा (“हामीलाई पनि त्यो जमिन बराबर हामीले (नेपालले) मागेको जमिन दे”) भनेर समाधान को मार्ग पहिल्याउन सक्छौं ।

८. त्यस उपायमा यदि भारत तयार हुन सक्यो भने (बंगलादेश सँगको सीमा विवाद हल गरेको उदाहरण छ) सके त नजिकको समुन्द्री मार्ग (५५० किमि बाटो मात्र भए पनि) नत्र भारतले ओगटेकै क्षेत्रफल बराबर बंगलादेशको फुलबारी बन्दरगाह सम्मको जमिन सट्टा भर्ना दिएर वास्तवमै नेपालको असल मनदेखिकै भलो चाहने शुभचिन्तक हौं भन्ने प्रमाणित गर्ने ऐतिहासिक अवसर नगुमाउ भनेर अडान राख्नु पर्यो ।

९. नत्र भने अब भारतीय सम्बन्धमा पुनर्विचार गर्दै उ सँगको सम्पुर्ण सिमाना शिल (काँडे तार वा पर्खाल ) गर्नु पर्यो, यसमा सम्पूर्ण नेपालीले सहयोग गर्नेछन् र म पनि एक महिनाको कमाई र ए महिना श्रम दान गर्ने घोषणा गर्दछु ।

१०. अन्तमा केही सिप नलागे सन् ज्ञढटद्द (सुने अनुसार) देखि हाल सम्मकै उक्त जग्गाको भाड़ा लिने र अगाडीका दिनलाई पनि “लिज” agreement गर्ने गरी काम गरियोस् ।

यो अभूतपूर्व मौका (यति शक्तिशाली सरकार कैँयौँ दशकमा पनि आउँदैन आउन दिदैनन् पनि, र गर्छु भन्ने प्रधानमन्त्रीसमेत भएको बखत्) मा यो काम छिनोफानो गर्नै पर्छ ।

यसरी एक नेपाली सेनाका पूर्व अधिकृत रायमाँझीले प्रधानमन्त्री समक्ष आफ्नो सन्देश पुगोस् र देशको हित हुन सकोस् भन्ने लक्ष्य राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित