आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

स्कटल्याण्डकी कमला श्रेष्ठको म्युजिक भिडियो रिलिज (भिडियाेसहित)

दैनिक नेपाल २०७६ मंसिर १ गते २०:१२

काठमाडौँ, १ मंसिर । परदेशमा अझ बढी स्वदेश अनि आफ्नो गीत संस्कृतिलाइ बढी मिस गरिन्छ । एकजना सामाजिक अभियन्ता आफ्नो व्यवसाय र सामाजिक कार्य सँगसँगै अगाडी बढाउँदै आफ्नो सोखको रुपमा रहेको गायन क्षेत्रमा पनि आफूलाई स्थापित गर्दै छिन् ।

Nepal Sports Club, Scotland नेपाल स्कटल्याण्ड एसोशियसनमा आवद्ध भएर स्कटल्याण्डमा नेपाली कला र संस्कृतिको प्रवद्र्धन गरिरहेकी गायिका कमला श्रेष्ठ अन्य विभिन्न च्यारिटी संस्थाहरुमा पनि संलग्न भएर बेलायत तथा नेपालका विभिन्न भागहरुका असहायहरुको सहयोगार्थ विभिन्न च्यारिटी कार्यक्रममा सहभागी भइ रहन्छिन् । यसपटकको नेपाल भ्रमण भने उनले फरक ढंगले गरिन् ।

स्कटल्याण्ड एसोसिएशन तथा रोयल बोटानिकल गार्डेन एडिनवराको आर्थिक सहयोगमा निर्मित उक्त भवनका लागि ह्याबिट्याट कन्सर्नको साझेदारी र स्थानीय विद्यालय समितिको सक्रियतामा निर्माण कार्य सम्पन्न गरी १८ नोभेम्बरमा दोलखा जिल्ला स्थित भीमेश्वर नगरपालिका वडा नं १ मा रहेको क्षमावती माध्यमिक विद्यालयका लागि ४ कोठे नव निर्मित भवनको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइ हस्तान्तरण कार्यक्रममा सहभागी भइन् ।

त्यसको लगत्तै सर्लाही जिल्ला स्थित बसबरिया गाउँपालिका वडा नं. २ का बाग्मती नदीबाट प्रभावित ८० परिवारलाई नेपाल स्कटल्याण्ड एसोसिएशनले भाडाकुडा र टर्च लाईट वितरण कार्यक्रममा सक्रिय सहभागिता जनाइन् ।

छठ पर्वको पूर्व सन्ध्यमा राहत पाएपछि उनीहरुको मुहारमा खुसी छाएको त्यस क्षणमा नै आफ्नो पहिलो लोक दोहोरी गीतको स्वर रेकर्ड सँगै म्युजिक भिडियोमा मुख्य भूमिका पनि निभाइन् । जुन म्युजिक भिडियो आजैबाट रिलिज पनि भैसकेको छ ।

रुकुममा जन्मिएर दाङ्गमा हुर्किएर धेरै संघर्ष गर्दै २ दशकदेखि बेलायतको स्कटल्याण्ड रेस्टुरेन्ट ब्यबसाय गर्दै रहेकी कमला श्रेष्ठले यस म्युजिक भिडियो बाट उठेको रकममध्ये गरिब दुखी एवम् पीडितहरुको सहयोगार्थ सदुपयोग गर्ने सोच बनाएको बताइन् ।

एक नारायण भण्डारीको शब्द र संगीतमा कमला श्रेष्ठ र सुजन तिगेला लिम्बुको स्वर तथा अभिनय रहेको छ।यस म्युजिक भिडियोको लगत्तै उनि अर्को गीत रेकर्डिंगको सोंचमा रहेकी कमला आफ्ना स्वर्गीय बाबा तोप प्रसाद श्रेष्ठ र आमा र आमा हिरु श्रेष्ठलाइ संगीत र सामाजिक कार्यको लागि प्रेरणाका श्रोत मान्छिन् ।

भिडियाे :

प्रतिक्रिया
सम्बन्धित