आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

नेपालकै पहिलो न्युज फेस्टिवल बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु

दैनिक नेपाल २०७६ मंसिर १ गते १९:३०

-प्रतिक पौडेल
भैरहवा, १ मंसिर । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना भएको नेपालकै पहिलो न्युज फेस्टिवल लुम्बिनी न्यूज फेस्टिबल–२०७६ भव्यताका साथ सुरु भएको छ । “संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार” भन्ने नाराका साथ लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा आइतबारदेखि सुरु भएको फेस्टिवलको उद्धघाटन प्रदेश नं ५ मुख्यमन्त्री शंकर पोखरेलले गरेका हुन् ।

कार्यक्रममा बोल्दै पोखरेलले लुम्बिनी जस्तो पवित्र भुमिमा फेस्टिवल आयोजना हुनु महत्वपुर्ण भएको बताएका छन् । पोखरेलले संचार क्षेत्र आफै महत्वपुर्ण क्षेत्र भएकोले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा राष्ट्रिय स्तरको महत्वराख्ने यसखालको फेस्टिवलले ठुलो सन्देश दिने जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलले संचार क्षेत्रमा चुनौती र अवसर दुइटै रहेकोले फेस्टिवलले यसकुराको हल सहितको निश्कर्ष निकाल्न महत्वपुर्ण रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले बलियो र सक्षम राज्यले मात्र जनतालाई सक्षम बनाउन सक्ने बताउनु भयो । पोखरेलले आफुहरुको साझा एजेन्डा विकास र समृद्धी रहेको बताउदै आमसंचार क्षेत्र पनि त्यस दिशामा अघि बढ्नु पर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले लुम्बिनी प्रेस क्लवले आयोजना गरेको न्युज फेस्टिवलले संचार क्षेत्रमा संघियता अव तल आउदैछ भन्ने अनुभुती भएको बताउनु भयो । आचार्यले नेपालमै पहिलो पटक त्यो पनि काठमाडौं बाहिर यस खालको न्युज फेस्टिवल आयोजना हुनु ठुलो उपलब्धी रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रेस क्लवका अध्यक्ष दिपेश पछाईले हरेक दुई बर्षमा यस खालको न्युज फेस्टिवल आयोजना गर्ने क्लवको योजना रहेको बताउनुभयो ।

कार्यक्रम क्लवका उपाध्यक्ष नरेश केसीको स्वागत र महासचिव सम्झना शर्माको संचालनमा भएको थियो भने कार्यक्रम बारे जानकारी फेस्टिवल कार्यक्रम संयोजक दिपेन्द्र बडुवालले दिनुभयो ।

लुम्बिनी न्युज फेस्टिवल मंसिर १,२ र ३ गते तिन दिन सम्म लुम्बिनीमा चल्नेछ । फेस्टिवलमा राष्ट्रिय स्तरका सम्पादक सहित देशभरका करिव ३ सय पत्रकारहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित