आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपाल अधिराज्यभर रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरबाट एकैसाथ निःशुल्क सर्भिसिङ्ग

दैनिक नेपाल २०७६ मंसिर १ गते १८:०७

काठमाडौँ, १ मंसिर । नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा केयर फेस्ट २०१९” आयोजना गरेको छ । यो विश्वव्यापी कार्यक्रम मंसिर २ देखि ६ गतेसम्म ५ दिनका लागि नेपाल लगायत २५ विभिन्न देशमा आयोजना हुन लागेको छ ।

जहाँ महिन्द्रा गाडीका दक्ष प्राविधिकहरुले गाडीको ६० जाँच गर्नेछन् । साथै महिन्द्रा उपभोक्ताहरुले उनीहरुको परिवारका लागि मनोरञ्जनका साथ महिन्द्राको लागि उच्चस्तरीय सेवा प्राप्त गर्नेछन् ।

यो विश्वव्यापी केयर फेस्ट क्याम्पमा महिन्द्राले संसारभरका आफ्ना उपभोक्ताहरुलाई उनीहरुको परिवारका साथमा उनीहरुको गाडीको हेरचाह गर्न प्रोत्साहन गर्नेछन् ।

महिन्द्रा ग्लोबल केयर फेस्ट २०१९ मा निःशुल्क सर्भिसिङ्ग, स्पेयरपार्ट्स, लुब्रिकेन्ट एवं एक्सेसरिजहरुमा १२५ छुट साथै महिन्द्राको पुरानो गाडी जस्तै लोगन, क्वान्टो, जेनियो, जाइलो जस्ता गाडीमा भारी छुटको व्यवस्था पनि मिलाएको छ । यसका साथै कम्पनीले ग्राहकहरुलाई हेल्थ क्याम्पको सुविधा तथा आकर्षक उपहार पनि प्रदान गर्नेछ ।

संसारभर, यो ग्लोबल केयर फेस्ट क्याम्पको आयोजना महिन्द्रा गाडीको धनी एवं कम्पनी बीचको सुमधुर सम्बन्धलाई निरन्तता दिने उद्देश्यले आयोजना गर्न लागिएको छ ।

महिन्द्रा केयर फेस्ट सम्बन्धी जानकारी तथा गाडी बुकिङ्गका लागि निःशुल्क सर्भिस हेल्प लाइन एनटिसि प्रयोगकर्ताहरुका लागि 16600-100-200 तथा एनसेल प्रयोगकर्ताहरुका लागि 9801571212 गरी दुई वटा टोल फ्रि नम्बरहरुको व्यवस्था पनि मिलाएको छ ।

अग्नि ग्रुपको बारेमा
सन् १९९१ मा नेपालमा स्थापना भई विस्तार भएको गग्नि ग्रुप प्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड, अग्निी इनर्जी, अग्नि मोटो इन्क, बालाजू अटो वक्र्स रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेकल, ट्र्याक्ट, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित