आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

बसन्तपुरमा छुरा प्रहार गरी साथीकाे हत्या

दैनिक नेपाल २०७६ मंसिर १ गते १७:२७

काठमाडौँ, १ मंसिर । काठमाडौंको बसन्तपुरमा गएराती एक मजदुरको छुरा प्रहार गरी हत्या भएको छ । काठमाडौँ १९ दमाई टोल बस्ने ४५ वर्षका अरुण चित्रकारको हत्या भएको हो ।

महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले हत्यामा संलग्न भएको अभियोगमा चित्रकारका साथी काठमाडौं १२, ह्युमत टोल बस्ने ४६ वर्षका मनिषकुमार खड्गीलाई नियन्त्रणमा लिएको छ ।

मादक पदार्थ सेवन गरी भएको विवादका क्रममा छुरा प्रहार भएको देखिएको छ । प्रहरीका अनुसार छुरा प्रहार गरेपछि खड्गीले आफैंले चित्रकारलाई ट्रमा सेन्टरसम्म उपचारका लागि लगेका थिए ।

तर, चिकित्सकले केहीवेरमै मृत घोषणा गरे । छुरा प्रहार गर्नुको कारणबारे प्रहरीले अध्ययन गरिरहेको छ ।

प्रहरीसँग दिएको प्रारम्भिक बयानमा भने खड्गीले रिसको झोँकमा छुरा प्रहार गरेको दावी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित