आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

मुस्ताङ जाँदै गरेको मोटरसाइकल कालिगण्डकीमा खस्दा विदेशी पर्यटकको मृत्यु

दैनिक नेपाल २०७६ मंसिर १ गते १६:५८

काठमाडौँ, १ मंसिर । पोखरादेखि मुस्ताङ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक विदेशीको मृत्यु भएको छ । बेनी जोमसोम सडकबाट शनिबार कालिगण्डकी नदीमा खस्दा मृत्यु भएको प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङ प्रहरीका अनुसार एचपि ५८ ए ३८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । पार्सपोर्ट नम्बर ५२५९५८६४ उल्लेख भएको, ६० वर्षीय स्कटल्याण्डका पर्यटक फानीको शनिबार साँझ एयर डाइनेष्टिक हेलीबाट मणिपाल शिक्षण अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो ।

फानीको अनुहार र हातमा गम्भीर चोटपटक लागेको थियो । दुर्घटना भएको स्थान मुस्ताङ सदरमुकाम जोमसोमदेखि ३५ किलोमिटर दक्षिणमा पर्छ । दुर्घटनाको खबर पाउनबित्तिकै उद्धारका लागि प्रहरी पुगेको थियो ।

दुर्घटनामा परी ज्यान गुमाएका स्कल्याण्डका पर्यटक फानीसहित उनका ८ जना साथीहरु मोटरसाइकलमा मुस्ताङ जाँदै थिए । चिकित्सक समेत रहेको उक्त टोलीले घाइते फानीलाई प्राथामिक उपचार पनि गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित