आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

१० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर, २०८६ को बाँडफाँड सम्पन्न

दैनिक नेपाल २०७६ मंसिर १ गते १६:१५

काठमाडौँ, १ मंसिर । लक्ष्मी बैंक लिमिटेडबाट निष्कासित २ अर्ब रुपैयाँ मूल्य बराबरको १०% लक्ष्मी बैंक डिबेन्चर, २०८६ को बाँडफाँड सम्पन्न भएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड विक्री प्रबन्धक रहेको सो ऋणपत्रमा शत प्रतिशत आवेदन प्राप्त भएको थियो ।

कूल निष्कासित २० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २ सय ६५ जना आवेदकलाई माग गरेबमोजिम नै ७९ हजार ९ सय ९६ कित्ता र व्यक्तिगत तवर (Private placement) तर्फ २३ जना आवेदकलाई माग गरेबमोजिम नै १९ लाख २० हजार ४ कित्ता ऋणपत्र जारी गरिएको हो ।

ऋणपत्रको आवेदन २०७६ साल आश्विन २३ गते सुरु भई कात्तिक २२ गते समाप्त भएको थियो । आइतबार बिहान लक्ष्मी बैंक लिमिटेडको केन्द्रिय कार्यालय, हात्तीसारमा एक कार्यक्रमका बीच सो बाँडफाँड सम्पन्न भएको थियो । कार्यक्रममा दुवै कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

लक्ष्मी बैंकका बारेमा

लक्ष्मी बैंक सन् २००२ मा स्थापना भइको क वर्गका वित्तीय संस्था हो । बैंकले आफ्ना शाखा एवं आइटि च्यानलहरुको माध्यमबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

हाल बैंकका नेपाल अधिराज्यभर ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित