
काठमाडौं, १ मंसिर । मकवानपुरको भीमफेदी कारागारबाट गएराति एक कैदी पखाल नाघेर फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी कुलदीपराज धामी फरार भएका हुन् ।
कारागारका प्रमुख जेलर प्रकाश खनालले कैदीलाई भगाउन कसैको सहयोग रहेको आशङ्का गर्दै कारागार वरिपरि १२ फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेकाले अनुसन्धान भइरहेको जानकारी दिए ।
जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल तोकिएका धामीले पाँच वर्षदेखि सजाय काटिरहेका थिए ।












प्रतिक्रिया