आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

विप्लवका एक जना नेता माेटरसाइकलसहित पक्राउ

दैनिक नेपाल २०७६ मंसिर १ गते ८:५७

तुलसीपुर, १ मंसिर । दाङ प्रहरीले पश्चिम दाङबाट प्रतिबन्धित विप्लव माओवादीका एक जना कार्यकर्ता पक्राउ गरेको छ ।

दाङको बबई गाउँपालिका –५ ट्वाङखोलाबाट प्रदेश ३– ०२००७ प १२०४ नम्बरको मोटरसाइकलसहित लुकीछिपि हिँडिरहेको अवस्थामा विप्लव समूहका एरिया इञ्चार्ज ३२ वर्षीय निमबहादुर डाँगी ‘रक्तिम’ पक्राउ परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलसहित पक्राउ परेका डाँगीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित