शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

अध्यक्ष दाहालद्वारा हात्ती आक्रमणबाट मृत्यु भएकाहरुप्रति दुःख व्यक्त

दैनिक नेपाल २०७६ कार्तिक ३० गते २१:४२

फाइल तस्वीर

काठमाडौँ, ३० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जङ्गली हात्तीको आक्रमणबाट चितवनका बाबुराम पौडेल र राजु पौडेलको मृत्यु भएको खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ ।

उहाँले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । जङ्गली हात्तीको आक्रमणबाट आज चितवनको माडी नगरपालिका–१ बरुवाका ६५ वर्षीय बाबुराम र उहाँका ३५ वर्षीय छोरा राजुको मृत्यु भएको थियो ।

पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रहसमेत गर्नुभएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट पटकपटक भइरहेको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उहाँले यसप्रकारका घटना दोहोरिन नदिन र जनताको जनधनको सुरक्षा गर्न सम्बन्धित पक्षसँग आग्रह गर्नुभएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित