शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

तीन वर्षभित्र प्रत्येक घरघरमा खानेपानी : कार्यवाहक मुख्यमन्त्री गुरुङ

दैनिक नेपाल २०७६ कार्तिक ३० गते २०:४३

दमौली, ३० कात्तिक । गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले तीन वर्षभित्र प्रत्येक घरधुरीमा खानेपानी पुर्याइने बताउनुभएको छ ।

तनहुँको भानु नगरपालिका–३ चाम्बास बृहत् लिफ्टिङ खानेपानी योजनाको आज शिलान्यास गर्दै उहाँले खानेपानी सुविधा नपुगेका हरेक घरमा खानेपानी सुविधा पु¥याउन प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

कार्यवाहक मुख्यमन्त्री गुरुङले स्थानीय तहसँग मिलेर घरघरमा खानेपानी सुविधा पु¥याउन प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने बताउँदै अझै पनि प्रदेशका धेरै जिल्लामा खानेपानीको सुविधा पुग्न सकेको छैन भन्नुभयो । उहाँले भन्नुभयो, “ती सबै घरधुरीमा तीन वर्ष्भित्र खानेपानी पु¥याइन्छ ।”

रु चार करोड ९९ लाख ९२ हजार १४० को लागतमा सो खानेपानी आयोजना निर्माण हुन लागेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । तीमध्ये करीब ५० लाख स्थानीयवासीको लागत सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

खानेपानी योजना १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको चाम्बास बृहत् लिफ्टिङ खानेपानीका अध्यक्ष पूर्णबहादुर तामाङले जानकारी दिनुभयो । मस्र्याङ्दी नदीको पानीलाई डेढ किलोमिटर माथि तानेर २७६ घरधुरीमा खानेपानी सुविधा पु¥याइनेछ ।

खानेपानीको असुविधा रहेको यस ठाउँमा खानेपानी आयोजना शिलान्यास भएसँगै खुशी छाएको स्थानीयवासी हरिमाया थापाले जानकारी दिनुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित