शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

आफ्नो सम्पति राज्यलाई दिने ओलीको नेतृत्वको सरकारले भ्रष्टाचार गर्दैन : भट्टराई

दैनिक नेपाल २०७६ कार्तिक ३० गते १८:२५

भक्तपुर, ३० कात्तिक । नेकपाका नेता निर्मल भट्टराईले आफ्नो निजी सम्पति राज्यलाई सुम्पने केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रषटाचार गर्नै नसक्ने बताएका छन् ।

भक्तपुर निर्वाचन क्षेत्र (क) को उप निर्वाचनको चुनावी सभालाई चानपा ७ मा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । उनले सरकारले दीर्घकालिक र अल्पकालिक महत्वका थुप्रै महत्वपूर्ण काम गरिरहेको बताए ।

चाँगुनारायण नगरपालिकाकी उपप्रमुख विना वास्तोलाले ठूलो संघर्षबाट प्राप्त महिला अघिकार जोगाउन सम्पूर्ण महिला एक हुनु पर्ने बताए ।

सभालाई नेकपाको स्थानीय नेताहरु राधाकृष्ण लामिछाने, राजु अधिकारी, राष्ट शम्शेर थापा, अशोक ढुंगेल, शालिग्राम लामिछाने, लक्षण लामिछाने, श्याम नायजु लगायतले सम्बोधन गरेका थिए ।

सो कार्यक्रममा सुमन श्रेष्ठलगायत दर्जनौँ कार्यकर्ता नेपाली कांग्रेस र नेमकिपा परित्याग गरी नेकपामा समाहित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित