
काठमाडौँ, ३० कात्तिक । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको ग्रान्डी अस्पतालले जनाएको छ ।
नियमित स्वास्थ्य परिक्षणको लागि ग्रान्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको हेमोडायलसिस सम्पन्न भएको अस्पतालले प्रेस विज्ञप्तीमार्फत जनाएको हो ।
विज्ञप्तीअनुसार प्रधानमन्त्री ओली आजै निवास फर्कने पनि अस्पतालले उल्लेख गरेको छ ।
प्रधानमन्त्री ओली गत ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलासम्बन्धी एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस)बाट उपचार गरी गत २० भदौमा स्वदेश फर्किएका थिए ।
त्यसअघि साउनमा पनि उहाँले सिंगापुरमा उपचार गराएका थिए ।














प्रतिक्रिया