आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

भारतले कब्जा गरेको भूमिमा अनेरास्ववियुले फहरायो राष्ट्रिय झण्डा

दैनिक नेपाल २०७६ कार्तिक ३० गते १६:४२

इलाम, ३० कात्तिक । अनेरास्ववियु इलामका नेता तथा कार्यकर्ताले भारतद्वारा अतिक्रमित सन्दकपुरको भूमिमा नेपालको राष्ट्रिय झण्डा फहराएको छन् ।

करिब ४० जनाको संख्यामा इलाम सदरमुकामबाट गएको अखिलको टोलीले सन्दकपुर गाउँपालिका वडा नं ४ मा भारतले अतिक्रमण गरेको भूमिमा राष्ट्रिय झण्डा फहराएको हो ।

अनेरास्ववियु इलाम जिल्ला कमिटीका नेता तथा कार्यकर्ताले भारतीय सीमा सुरक्षा बल एसएसबीसंग प्रतिकार गरि शनिबार नेपालको राष्ट्रिय झण्डा फहराएका हुन् ।

अखिलका केन्द्रीय सदस्य रविन्द्र सुवेदीको नेतृत्वमा भारतद्वारा अतिक्रमित भूमिमा नेपाली राष्ट्रिय झण्डा फहराउन शुक्रबार नै अखिलको टोली सन्दकपुर पुगेको सुवेदीले जानकारी दिए ।

अनेरास्ववियुका विधार्थीले भारतद्वारा निषेधित क्षेत्र भनेर लेखिएको बोर्डसमेत फालिदिएको बताइएको छ । सन्दकपुर गाउँपालिकाले सूर्योदयको दृश्यावलोकनका लागि भ्यु टावर बनाउन लागेको थियो ।

सो कव्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झण्डा फहराउन खोज्दा एसएसबीले बल प्रयोग गरेपछि सामान्य झडप समेत भएको थियो । कव्जा गरिएको जमिनमा राष्ट्रिय झण्डा फहराएपछि विधार्थीहरूले नाराजुलुस गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित