३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओलीको तस्रो डायलासिस सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३० कात्तिक ।  प्रधानमन्त्री केपी शर्मा ओलीको तस्रो डायलासिस सम्पन्न भएको छ ।

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे, प्रधानमन्त्रीको निजी चिकित्सक दिब्या सिंह शाह, युरोलाजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्रेमराज ज्ञवालीले संयुक्त विज्ञप्ति निकालेर शनिबार प्रधानमन्त्री ओलीको पुन हेमोडायलासिस गरिएको उल्लेख गरेका छन्।

अस्पतालले प्रधानमन्त्री स्वस्थ रहेको र आजै प्रधानमन्त्री निवास फर्कने बताएको छ ।

प्रधानमन्त्री ओली गत ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलासम्बन्धी एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस)बाट उपचार गरी गत २० भदौमा स्वदेश फर्किएका थिए ।

त्यसअघि साउनमा पनि उहाँले सिंगापुरमा उपचार गराएका थिए ।