३ कार्तिक २०८३, मंगलबार

विमल घर्तीमगर सहित नाइट क्लब जाने चार फुटबलरमाथि एन्फाको कारबाही, राष्ट्रिय टिमबाट बर्खास्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३० कात्तिक ।  फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेलका लागि राष्ट्रिय टिममा परेका चार जना फुटबलर कारबाहीमा परेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फरवार्ड विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र डिफेन्डर दिनेश राजवंशीलाई अनुशासनहिन काम गरेको भन्दै राष्ट्रिय टिमबाट हटाएको छ। चारै जनालाई एन्फाले प्रशिक्षक योहान कालिनसँग छलफल गरेर हटाएको हो।

चारै जना ’नाइट क्लब’मा भएको भन्दै एन्फाले टिमबाट हटाएको बुझिएको छ। उनीहरु शुक्रबार राति ठमेलका विभिन्न क्लबमा गएको एन्फा स्रोतको जानकारी दिएको छ। भुटान उड्नुअघि दिन उनीहरु राति २ बजेसम्म क्लबमा रहेको एन्फा स्रोतको भनाइ छ।

चार जनालाई अनुशासनको कारबाही गरिएको र उनिहरु अब भुटान जान नपाउने एन्फाले जनाएको छ ।