शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

इटालीले बोसनिया हर्जगोविनालाई हरायाे

दैनिक नेपाल २०७६ कार्तिक ३० गते ८:५६

लण्डन, ३० कात्तिक । आउँदो वर्ष हुने युरोकप फुटबलका लागि स्थान पक्का गरिसकेको इटालीले छनौट चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा फेरि प्रभावशाली जित दर्ता गरेको छ ।

समूह जे अन्तर्गत भएको खेलमा इटालीले बोसनिया हर्जगोविनालाई ३–० ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेको इटालीले दोस्रो हाफमा थप एक गोल गरेको हो ।

इटालीका लागि २१ औँ मिनेटमा फ्रान्चिस्को एचेर्बी, लोरेन्सो इन्सिग्ने र ५२ औँ मिनेटमा आन्द्रेआ बेलोतीले गोल गरेका हुन् । इटाली यसअघि नै समूह जे को विजेता बन्ने पक्का भइसकेको छ । इटालीले अब छनौट चरणमा एक खेल खेल्न बाँकी छ ।

समूह जे अन्तर्गत नै भएको अर्को खेलमा फिनल्याण्डले लिचेस्टाइनलाई ३–० ले पराजित गरेको छ । जित निकालेको फिनल्याण्ड ९ खेलबाट १८ अंकसहित समूहको दोस्रो स्थानमा यथावत छ ।

अर्मेनियालाई १–० ले पराजित गरेको ग्रिस भने तेस्रो स्थानमा उक्लिएको छ र उसको ११ अंक भएको छ।

प्रतिक्रिया
सम्बन्धित