२९ आश्विन २०८३, बिहिबार

आध्यात्मिक मार्गबाट सामाजिक सद्भाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २९ कात्तिक । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भारत प्राचीनकालदेखि नै आध्यात्मिक भूमि भएकाले यहाँ सबै थरीका जातजाति एवं भाषाभाषीबीच सामाजिक सद्भाव रहँदै आएको बताउनुभयो ।

राजधानीमा आयोजित दोस्रो अन्तर्रा्ष्ट्रिय नशामुक्त शाकाहारी सम्बन्धी कार्यक्रमको आज यहाँ उदघाट्न गर्दै अध्यक्ष दाहालले भौतिक विकास भएसँगै अराजकतासमेत बढेकाले आध्यात्मिक मार्गबाट सामाजिक सद्भाव वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

जाँडरक्सी तथा अन्य नशा छोड्ने, छुटाउने एवं शाकाहारी बन्ने, बनाउने मूल उद्देश्यका साथ बाबा जयगुरुदेव सङ्गत केन्द्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बाबा उमाकान्तजी महाराजले नशाकै कारण मानव समाजमा धेरै प्रकारका समस्या उत्पन्न हुने गरेकाले शान्ति एवं सद्भावनाका लागि विश्वव्यापी रुपमा यो अभियान शुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले हालसम्म १६ देशमा यस्ता कार्यक्रम गर्नुभएको सो अवसरमा जानकारी गराइएको थियो । शनिबारसम्म चल्ने कार्यक्रममा नेपाल र भारतका गरी करिब तीन हजार साधकको सहभागिता रहेको समितिले जनाएको छ । –रासस