शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

पहिले खेत मेटेर बाटो, अहिले पुन: बाटो मेटेर गरा बनाइँदै

दैनिक नेपाल २०७६ कार्तिक २९ गते १९:३६


घोराही, २९ कात्तिक । घोराही १५ स्थित कपासिबगियाको पानी ट्याङ्किको पूर्वपट्टिको स्वर्गद्वार आश्रमको करिब ८०(९० मिटर लम्बाइ, करिब ७ मिटर चौडाइ रहेको जग्गा अतिक्रमण गरेर जग्गा व्यवसायीले सडक निकालेर आफ्नो करिब ६ कठ्ठा जग्गा महङ्गो मुल्यमा बिक्रि गर्न खोजेका थिए ।

आश्रमका धुर्ब श्रिले मोहिवाला हक भएकाहरुसग मिलेर आश्रमको जग्गा मिचेर सडक निकाली जग्गा ब्यबसायीले आफ्नो जग्गा प्लटिङ गर्न खोजेको भन्दै त्यो कुरा थाहा पाएपछि आश्रमले एक्सन लिएको बताए ।

उनले आफू घोराही आएर अतिक्रमित जग्गाको अवलोकन गरेर तुरुन्तै सुरुकै अबस्थामा सडक बनाइएको जग्गा गरामा परिणत गर्न भनेको र त्यो अनुसार काम भइरहेको बताए ।

अतिक्रमित जग्गा हटाउन स्थानीय प्रहरि प्रसासनदेखि घोराही १५ को वडा कार्यालयले गम्भिर चासो देखाएका थिए । आश्रमले लिखितरुपमा उजुरि गरे कारबाही गर्ने स्थानीय प्रहरि प्रसासनले चेतावानी दिँदै आएका थिए ।

जग्गाधनी बालाराम कालाथोकिले १ करोड ६० लाखमा जग्गा बेचेका थिए ।

प्रतिक्रिया
सम्बन्धित