२९ आश्विन २०८३, बिहिबार

घर घरमा कोगते खोलाको पानी पुर्‍याउँछौँ : मन्त्री मगर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

मकवानपुर, २९ कात्तिक । खानेपानीमन्त्री बीना मगरले ललितपुरको घरघरमा कोगतेखोलाको पानी पु¥याउने बताउनुभएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित कोगतेखोलाको आज अवलोकन गर्दै उहाँले घरघरमा खानेपानीको सुविधा पुर्याउने उल्लेख गर्नुभयो ।

“सिस्नेरी खोलामा बाँध निर्माण गरी कोगतेखोला र कुलेखानी खोलाको पानी वर्षायामको समयमा सङ्कलन गरी त्यसलाई पम्प गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सैँबु जलाशयमा पठाएर जिल्ला भरी वितरण गर्ने भएका छाँै”, उहाँले भन्नुभयो, “सन् २०३० सम्म १४ करोड लिटर पानी उपत्यका भित्र्याउने योजना छ ।” करीब रु २६ अर्बको लगानीमा सो योजना अघि बढाइने छ ।

जिल्लामा उक्त योजनामार्फत निकालिएको पानी वितरण गरेपश्चात् त्यहाँ इनार, कुवा, बोरिङजस्ता कामलाई पूरै बन्द गरिने मन्त्री मगरले जानकारी दिनुभयो । समयक्रमसँगै खोक्रिँदै गएकोे काठमाडौँलाई बचाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

सो योजनाअन्तर्गत निर्माण हुने बाँध कुलेखानी खोला र वाग्मती नदीको दोभानभन्दा १०० मिटरमाथि बनाउने प्रस्ताव गरिएको काठमाडाैँ उपत्यका खानेपानी बोडका निर्देशक सञ्जीवविक्रम राणाले बताउनुभयो ।

“सिस्नेरी बाँधको लम्बाइ १९० मिटर, उचाइ ७५ मिटर रहने छ”, उहाँले भन्नुभयो, “सिस्नेरी बाँध स्थलदेखि सँैबु पानी प्रशोधन केन्द्रसम्म कूल १९ किमि छ । सिस्नेरीदेखि सँैबुसम्म पाइपलाइन निर्माण गर्न मिल्ने देखिन्छ ।”

सो खोलाको पानी दक्षिण ललितपुरबाहेकका अन्य जिल्ला र काठमाडाैँ आसपासका जिल्लामा वितरण गरिने बताइएको छ । यसैगरी मन्त्रालयले सिन्धुपाल्चोकको यान्ग्री लार्केल खोला, भक्तपुरको महादेव खोलालगायत स्थानमा खानेपानीका लागि अध्ययन गरिरहेको छ । –रासस