शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

सीमा सुरक्षाको विषयमा लिखित कारण पेश गर्न सरकारलाई सर्वाेच्चकाे आदेश

दैनिक नेपाल २०७६ कार्तिक २९ गते १६:४७

काठमाडौँ, २९ कात्तिक । सर्वोच्च अदालतले सीमा सुरक्षाको विषयमा दायर रिटमाथि सुनुवाइ गर्दै सरकारलाई कारण देखाउन आदेश गरेको छ ।

कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भूमी भएको दावीसहित अधिक्ता कञ्चनकृष्ण न्यौपाने र सीमा अभियान्ता फडिन्द्र नेपालले भिन्दाभिन्दै रिट दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणको एकल इजलासले सरकारसँग सीमा सुरक्षाका विषयमा कारण माग गर्दै उक्त रिटलाई छिटो निष्कर्षमा पुर्याउन अग्राधिकारसमेत दिएको छ ।

सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र नापी विभागसँग १५ दिनभित्र सीमा सुरक्षाको विषयमा लिखित कारण पेश गर्न आदेश दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित