२९ आश्विन २०८३, बिहिबार

सेलपे सेवाको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २९ कात्तिक । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले शुक्रबारबाट दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ ।

यो एक्टिभेसन कार्यक्रम नक्साल भाट्भटेनिमा कार्तिक २९ र ३० गते, महाराजगञ्ज भाट्भटेनिमा मंसिर ६ र ७ गते र पाटन भाट्भटेनिमा मंसिर १३ र १४ गते १० देखि ५ बजे सम्म हुन गैरहेको छ ।

यस एक्टिभेसनको मुल उदेश्य ग्राहकहरुसंग अन्तर्कि्रया बढाउन र सेलपे एप्पको बारे यसको प्रयोग र फाइदाहरुको विस्तारमा जानकारी उपलव्ध गराउने रहेका छ ।

एक्टिभेसनको समयमा सेलपेले Spot KYC प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पश्चात रु.१०० को फ्रि टपअप आफ्नो ग्राहकहरुलाई प्रदान गर्नेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ

– बिना वालेट कारोबार गर्न सकिने
– बास्तविक समयमा भुक्तानि
– सरल, सहज र सुरक्षित
– न्युन सेवा शुल्क
– कारोबार गरे वापत लोयाल्टि पोइन्टस

सेलपे द्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गरेर आफ्नो वालेट र कार्डहरु बोक्नबाट मुक्त हुन सकिन्छ ।