२९ आश्विन २०८३, बिहिबार

उपनिर्वाचन बहिस्कारको अपिल गर्दै शिव सेनाले भन्यो– धर्म मासेर विदेशी गीत गाइँदैछ

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । राजावादी संगठन शिव सेना नेपालले १४ मंसिरमा हुन लागेको प्रतिनिधि, प्रदेश र स्थानीय तहको उपनिर्वाचन बहिस्कार गर्न सर्वसाधारणसँग अपिल गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले सनातन धर्मलाई अफिम भनी भैंसीको पुजा गर्नेहरूले विदेशी गीत गाउनका लागि निर्वाचनका नाममा धोक दिएको उल्लेख गरेका छन् ।

नेपाल र नेपालीको सांस्कृतिक धरोहरलाई एकपछि अर्को गर्दै मास्ने मुख्य भनिएका राजनीतिक दलहरूले राष्ट्रियता जोगाउन नसकेको बताउँदै हिन्दु सनातन धर्मसहित राजसंस्थाको अपरिहार्यता बुझ्न सर्वसाधारणसँग बस्नेतले अपिल गरेका हुन् ।

आतंकवादी गतिविधिबाट जनतालाई गुमराहमा राखी सत्तामा आएकाहरूले राष्ट्रको धर्म हुँदैन भन्नु सर्वथा कुतर्क रहेको उल्लेख गरेका बस्नेतले देशको सीमाबारे चुइँक्क नगर्नुले उनको राष्ट्रियताको मापन भएको उल्लेख गरेका छन् ।

उनले अगाडि भनेका छन्,‘ हिजो नालापानीको युद्ध गरेर जोडेको देश आज कालापानीमा विदेशी सैनिकले परेड खेलिरहँदा सरकार निरिह बनेर बसेको छ । त्यसमाथि केही विदेशीको जुठोपूरोमा बाँचेका पिशाचहरुले राजा महेन्द्रले कालापानी उपहारका रुपमा भारतलाई दिएको’ भन्ने विष वमन गरेर नेपाल प्रदूषित गरिरहेका छन् ।’

नेपालको राजसंस्थाले सदैब देशको रक्षा गरेको, राजाहरु सबैले देश निर्माण गरेको, जनताको मृत्यु टुलुटुलु हेर्नुभन्दा श्रीपेच छाड्न तयार हुने राजसंस्था नेपालमा मात्रै रहेको तथ्यलाई आत्साथ गर्न उनको सुझाव छ ।