शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

नेकपा सचिवालय बैठक आज बस्दै, मन्त्रिपरिषद् हेरफेर देखि नेताहरुलाई जिम्मेवारी दिने तयारी

दैनिक नेपाल २०७६ कार्तिक २९ गते १०:३३

काठमाडौँ, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताका बाँकी काम, मन्त्रिपरिषद् हेरफेर, विभिन्न आयोगको पदपूर्ति, उपनिर्वाचन लगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले जिम्मेवारी नपाएका नेताहरुलाई जिम्मेवारी दिने तयारी गरेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेता माधव नेपाल लगायतसाग लगातार तीनदिनसम्म परामर्श गरेपछि बैठक बोलाइएको हो ।

प्रतिक्रिया
सम्बन्धित