३० आश्विन २०८३, शुक्रबार

चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको युएस शाखाको सम्मेलन सम्पन्न

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

डिसी । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था को युएस शाखा(च्याप्टर )को प्रथम बार्षिक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त सम्मेलनमा प्रथम बार्षिक सभाले अमेरिका शाखाको लागि संयोजकमा गणेश चन्द्र बानिया रहने गरि ७ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।

भर्जिनियाको भियनामा सम्पन्न भएको प्रथम बार्षिक बैठक तथा बार्षिक सम्मेलनमा राजदुत डा अर्जुन कुमार कार्की (बिधा वारिधि)प्रमुख अतिथि रहेका थिए भने बिशेष अतिथिको रुपमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्ण प्रसाद आचार्य नेपालबाट आएका थिए ।

गत नोभेम्बर ९ शनिबारका दिन सम्पन्न उक्त कार्यक्रममा उक्त सम्मेलनमा प्रवासी नेपाली मंचका अध्यक्ष तथा समाजसेवी प्रभु थापा, ईञ्जाका अध्यक्ष गुणराज लुइँटेल, गैर आवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष कृष्ण जीबी पन्त, नेपाली दुताबासका बाणिज्यदूत आर्थिक सल्लाहकार होमकान्त भण्डारी, अर्थविद प्रेम संग्रौला, समाजसेवी कविन्द्र सिटौला, सानकि अध्यक्ष मंजु संग्रौला, एएनएका अध्यक्ष मेदनी अधिकारी, गैर आवासीय नेपाली संघ भर्जिनिया शाखाका अध्यक्ष कृष्ण भण्डारी लगायत संस्थाका पदाधिकारी तथा आमन्त्रित अतिथिहरु रहेका थिए ।