शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

सिक्किममा युवतीका हत्यारा पुलिस हिरासतमा

दैनिक नेपाल २०७६ कार्तिक २९ गते ८:१३

जगन दाहाल

गान्तोक । माछोङ हत्या घटनाका आरोपीलाई पाकिम पुलिसले हिरासतमा लिएको छ । १९ वर्षीय युवतीको हत्यापछि भएको आक्रोषित सिक्किमे विद्यार्थीले न्यायको माग गर्दै सडकमा उत्रिएको एक दिन नबित्दै सिक्किम पुलिस आरोपीलाई समात्न सफल बनेको छ।

युवतीका हत्याको शङ्कामा पुलिसले केही दिनअघि दुईजना मानिसहरूलाई पनि सोधपुछको निम्ति पक्रिएको थियो । गए १३ नोभेम्बरको अबेर राती पुलिसले युवती कै सम्बन्धमा काका पर्नेलाई पक्रा गरेर केरकार गर्दा आरोपी आसकुमार राईले आफ्नो गल्ती कबूलेको पुलिस सूत्रबाट जानकारी पाइएको छ ।

आरोपी आशकुमार राईलाई एक रात पाकिम पुलिसले आफ्नो हिरासतमा राखेपछि आज पूर्व जिल्लाको जिल्ला सत्र न्यायालयमा पुऱ्याइएको थियो। आरोपीको आरोप सिद्ध गर्नको निम्ति पुलिसले न्यायालयसँग पाँच दिनको समय मागेको पनि जानकारी छ। जिल्ला सत्र न्यायालयले आरोपि विरुद्ध मागेको पाँच दिने केरकारको समयलाई स्वीकार गर्दै पाँच दिनको निम्ति पुलिस हिरासतमा पठाएको छ।

अर्कातिर पूर्व जिल्लाका पुलिस अधिकारी हरी छेत्रीले यस मामिलालाई सिक्किम पुलिसले गम्भीरता पूर्वक लिएर मामिलामाथि जनताको हतासलाई मध्य नजर राख्दै पुलिसले सकारात्मक रुपमा लिएर छानविन गरेको बताए। उनले गएको राती पुलिसले आरोपीलाई पक्रिन सक्षम भएको पनि बताए।

उनले यस हत्या मामिलाको अझ पछि पनि छानविन भइरहेको बताए। कुनै कुरामा सफलता पाउन टीमको ठूलो भूमिका हुने बताउँदै एसपी छेत्रीले यो कुनै एक जनालाई जिम्मेवारी दिएर हुने कुरा थिएन। यस विषयमा जिल्ला पुलिस एसएचओ देखि एसपी, वरिष्ठ अधिकारी सम्मबाट मानिसहरूले घटना बारे जानकारी लिइ रहेका थिए ।

त्यसैले यस मामिलालाई लिएर एउटा टीम तयार गरिएको थियो जसमा अनुभवी निपुण अधिकारीहरूलाई सामेल गरिएको थियो। टोलीमा साइबर एक्सपर्टहरूलाई पनि सामेल गराइएको उनले जानकारी दिएका छन्।

फरेन्सिक टोली, डग एक्सपर्ट, साइबर एक्सपर्टहरूसँगको टोलीलाई लिएर फिल्डमा दुईदिनसम्म केरकार गरिएको र आफूहरूले मेहनत अनुसार आरोपीलाई समात्न सफल बनेको बताएका छन्।

उनले आफ्नो टोलीमा इण्टरोगेसनमा निपूण धिकारीहरू रहेको पनि जानकारी दिए। उनले यो मामिलामा गवाहीहरू नभएको अनि कुनै घायल व्यक्ति जसले आफूमाथि आक्रमण गरेको बताउन पनि नसक्ने भएकोले यस मामिलाको छानविन गर्न अत्यन्तै गाह्रो भएको बताए। उनले आफ्नो छानविनमा त्यसै गाउँको एक २३ वर्षीय युवालाई आरोपी भएको कारण उसलाई पुलिसले आफ्नो हिरासतमा लिएको बताए।

उनले देशको सर्वोच्च न्यायालयको आदेश अनुसार पिढितको नाम कुनै मिडिया, प्रेस ब्रिफिङमा दिनसक्ने बताए। उनले पिढिताको नाम पनि कहीं सार्वजनिक नगरिदिने अपील गर्दै यस मामिलमा सफलता पाउनको निम्ति आफ्नो टोली र प्रेस मिडियालाई पनि धन्यवाद दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित