शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

‘होस्टाइल’ : राजनीतिक अपराधमा अपनाइने एक तथ्य

दैनिक नेपाल २०७६ कार्तिक २८ गते १२:३८

काठमाडौं, २८ कात्तिक ।

‘महरा प्रकरणमा रोशनी शाहीलाई ‘होस्टाइल’ गरियो ।’

‘आलम प्रकरणमा गौरीशंकर चमारलाई ‘होस्टाइल’ गरियो ।’

आजभोली नेपाली मिडियामा छाइरहेका हेडलाइन र त्यसमा जोडिएको शव्द हो, ‘होस्टाइल’ । कानुनी काम कारबाहीमा यो प्राविधिक र महत्वपूर्ण शव्द हो, जुन आम मानिससामु पुगिरहेको छ अहिले, ठूलो घटना प्रकरणमा ।

पूर्व सभामुख कृष्णबहादुर महरा प्रकरणले करिब करिब एउटा किनारा लाग्दै गर्दा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद महोम्मद अफताब आलमविरुद्ध जिल्ला अदालत रौतहटमा चलेको विस्फोट र व्यक्ति हत्याको मुद्दाका प्रमाण बनिरहेकाहरुले बयान फेर्दा मिडियामा उचालिएको छ– ‘होस्टाइल’।

अंग्रेजी विषयका एक जना प्राध्यापक भन्छन्,‘यो प्राविधिक शव्द हो, प्रयोगका हिसाबमा । कुनै खास घटना वा विषयसँग जोडिएर आउँछ । खासगरी राजनीतिक अपराध, सेना, प्रहरी, दुश्मनसँग जोडिएर आउने भएकाले यसलाई आम चलनचल्तीमा बुझ्न अलिक कठिन हुन सक्छ ।’

महरा प्रकरणमा शाहीलाई ‘होस्टाइल’ गर्ने प्रयत्न गरियो । महरा राजनीतिक व्यक्ति भएका कारण उनको अपराधका क्रममा अभियोग लगाउने रोशनी शाहीले फेरेको बयानलाई ‘होस्टाइल’को कसीमा राखेर व्याख्या गर्न सकिन्छ ।

शाहीले मिडिया र प्रहरीलाई दिएको उजुरीमा महराबाट पीडित भएको बताइन् । तर त्यसको २४ घन्टा पनि नबित्दै उनले बयान फेर्न थालिन जहाँ राजनीतिक दबाब रहेको अनुमान गरियो जुन ‘होस्टाइल’को व्याख्याभित्र पर्छ ।

‘भोक्याबुलरी डटकम’का अनुसार कुनै पनि बयान वा प्रमाणलाई कुनै आधारमा गैरमैत्री बनाउने काम नै ‘होस्टाइल’ हो । कुनै पनि ठूला शक्तिको दबाबमा गरिने अभिनयात्मक बयानबाजी पनि होस्टाइल नै रहेको अन्तर्राष्ट्रिय डिक्शनरीहरूले व्याख्या परेका छन् ।

क्याम्ब्रिज डिक्शनरीका अनुसार जुन चिज मुद्दामैत्री छैन, त्यसमा सुहाउँदैन त्यसलाई ‘होस्टाइल’ भन्न सकिन्छ । यसलाई व्याख्या गर्दै डिक्शनरीले एउटा उदाहरणमा भनेको छ,‘राजनीतिज्ञसँग ‘होस्टाइल’ अन्तरवार्ताका लागि उनी चर्चित छन् ।’

आम भाषामा भन्ने हो भनेचाहिँ दबापूर्ण हिसाबले आफ्ना पक्षमा उतार्नुलाई ‘होस्टाइल’ मान्न सकिन्छ । आलम प्रकरणका पीडितलाई बयान फेर्न लगाइएको प्रकरण दबाबपूर्ण, धम्कीपूर्ण छ । जुन प्रमाणलाई आफूइतर रहेका कारण दबाब दिइएको सतहमा देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित