बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

स्टेफानोसा सिट्सिपास टेनिसको सेमिफाइनलमा प्रवेश

दैनिक नेपाल २०७६ कार्तिक २८ गते ९:१०

लण्डन, २८ कात्तिक । स्टेफानोसा सिट्सिपास एटिपी फाइन्लस टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । २१ वर्षका स्टेफानोसले पहिलो पटक यो वर्ष एटिपी फाइन्लस खेलेका छन् ।

उनले साबिक विजेता एलेक्जान्डर स्भेरेभलाई पराजित गरेका छन् । राउण्ड रोबिन चरणको पहिलो खेलमा राफाल नाडाललाई पराजित गरेका स्भेरेभ दोस्रो खेलमा भने स्टेफानोससँग ६–३ र ६–२ को सेटमा पराजित भए । जितसँगै स्टेफानोसले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

यसअघि भएको खेलमा राफायल नाडाल विजयी भएका थिए । बुधबार राति नै भएको खेलमा विश्व नम्बर एक नाडालले चौथो बरियताका डानिएल मेदवेदेवलाई पराजित गरेका हुन् ।

पहिलो सेटमा पछि परेको अवस्थाबाट नाडालले खेल आफ्नो पक्षमा ल्याउन सफल भएका हुन् । मेदवेदेवलाई ६–७ (३–७), ६–३ र ७–६ (७–४) को सेटमा पराजित गरेका नाडालको सेमिफाइनल पुग्ने सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित