चितवन, २८ कात्तिक । मुग्लिन–नारायणगढ सडकखण्डमा पर्ने जलवीरेमा बोलेरो जिप र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेमा भरतपुर महानगपालिका–६ का ३० वर्षीय रोशन सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नारायणगढबाट मुग्लिनका लागि छुटेको बा १० च ४४१३ नम्बरको बोलेरोले विपरीत दिशाबाट आएको बा ६६ प २९६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका सापकोटाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घटना बिहान साढे दुई बजे इच्छाकामना गाउँपालिका–६ जलवीरेमा भएको हो ।












प्रतिक्रिया