बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

मोरङको एक गाउँपालिकामा समाजवादी पार्टीले काङ्ग्रेसलाई सघाउने

दैनिक नेपाल २०७६ कार्तिक २७ गते २१:०८

विराटनगर, २७ कात्तिक । मोरङको धनपालथान गाउँपालिकाको एक स्थानमा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा सङ्घीय समाजवादी पार्टीले नेपाली काङ्ग्रेसलाई सहयोग गर्ने भएको छ ।

दुई पार्टीद्वारा आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त गाउँपालिका–२ को वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकाँका उम्मेदवार नारायणप्रसाद साहलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

नेकाँका केन्द्रीय सदस्य अमृत अर्याल, समाजवादी पार्टीका केन्द्रीय सदस्य भूराज राई, नेकाँका जिल्ला अध्यक्ष डिगबहादुर लिम्बू र समाजवादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादव र संयुक्त उम्मेदवार साहले समाजवाद र लोकतन्त्रलाई बलियो बनाउन दुवै पार्टीबीच संयुक्त उम्मेदवार चयन गरिएको जानकारी दिनुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित