बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

बंगलादेशी राष्ट्रपति हमिद र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

दैनिक नेपाल २०७६ कार्तिक २७ गते १३:५२

काठमाडौँ, २७ कात्तिक । बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदले नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग राजनीतिक भेटवार्ता गरेका छन् । प्रचण्डले राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा पुगेर भेट गरेका हुन् ।

यसअघि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति हमिदलाई सोही होटलमा भेटवार्ता गरेका थिए । यसैगरी दिउँसो २ बजेतिर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदलाई भेट्ने कार्यक्रम तय भएको छ ।

यस्तै दिउँसो पौने ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति हमिदसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । त्यसपछि दिउँसो ४ः३० बजेतिर राष्ट्रपति हमिद समकक्षी विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास जाने कार्यक्रम छ ।

भेटघाटपछि हमिद राष्ट्रपति भण्डारीले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजित रात्रिभोजमा सरिक हुने तालिक रहेकाे छ।

प्रतिक्रिया
सम्बन्धित