३ कार्तिक २०८३, मंगलबार

जोकोविचलाई स्तब्ध पार्दै थिएम टेनिसको सेमिफाइनल प्रवेश

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २७ कात्तिक । विश्व नम्बर दुई नोभाक जोकोविचलाई स्तब्ध पार्दै डोमिनिक थिएम एटिपी फाइनल्स टेनिसको सेमिफाइनलमा पुगेका छन्।

राउण्ड रोबिन लिग अन्तर्गत मंगलबार राति भएको खेलमा सर्बियाका जोकोविचलाई पराजित गरेर अस्ट्रियाका थिएम सेमिफाइनलमा पुग्ने पहिलो खेलाडी बनेका हुन् ।

उनले जोकोविचलार्य ६–७ (५–७), ६–३ र ७–६ (७–५) को सेटमा पराजित गरेका हुन् ।

थिएमसँग पराजित भएसँगै सेमिफाइनलमा स्थान बनाउनका लागि जोकोविचले समूह चरणको अर्को खेलमा रोजर फेडेररसँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।

राउण्ड रोबिन अन्तर्गतको आफ्नो पहिलो खेलमा फेडेरर थिएमसँग पराजित भएका थिए । तर दोस्रो खेलमा उनले इटालीका मातेओ बेर्रेतिनीलाई पराजित गरेर लयमा फर्किएका छन् ।

मातेओलाई ७–६ (७–२) र ६–३ को सेटमा पराजित गरेर फेडेररले सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राखेका छन् । तर त्यसका लागि २० ग्राण्ड सलाम विजेता फेडेररले १६ ग्राण्ड सलाम विजेता जोकोविचसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।