घोराही, २६ कात्तिक । घोराहीमा स्वर्गद्वारी आश्रमको जग्गा मासेर सडक निर्माण गरिएकाे छ । घोराही १५ कपासिबगिया खानेपानी ट्याङ्किदेखि उत्तर पूर्वपट्टि रहेको स्वर्गद्वारी गुठीको जग्गा मासेर सडक निकालिएको छ ।
करिब ८० देखि ९० मिटर गुठीको जग्गा मासेर स्वर्गद्वारी मन्दिरसग सल्लाह नै नगरेर एकलौटेरुपमा आफ्नो जग्गा बिक्री गर्ने मनसाय राखेर सडक निकालिएको हो । गुठीको जग्गामा मोहियानी हक रहेका चिडु चौधरी, नारायण चौधरी, सुन्दरी चौधरीको रहेको छ ।
जबरजस्तीरुपमा गुठीको जग्गा प्रयोग गरेर सडक खोलिएको जग्गाको क्षेत्रफल करिब साढे ६ कट्ठा रहेको छ । सामान्य व्यक्तिले आफ्नो जग्गा माटो निकाल्दा विभिन्न बहाना बनाएर रोक्ने प्रहरि प्रसासनले आश्रमकै जग्गा मासेर सडक खोल्दा पनि यो विषयमा एक्सन लिन सकेको छैन ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस