बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

नेपालको गुमेको भूमि फिर्ता लिने अवसर सिर्जना भएको : प्रचण्ड

दैनिक नेपाल २०७६ कार्तिक २६ गते १८:४५

काठमाडौँ, २६ कात्तिक । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिमा विवादले नेपालको गुमेको भूमि फिर्ता लिने ऐतिहासिक अवसर सिर्जना गरेको बताएका छन् । उनले देशव्यापी रुपमा भएको प्रदर्शन तथा बहसले उक्त अवसरतर्फ उन्मुख गराएको दावी गरेका छन् ।

नेकपा भरतपुर महानगर कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । राष्ट्रिय सिमा खतरामा परेको भन्दै प्रचण्डले राष्ट्रिय एकतालाई बलियो बनाएर नेपालको गुमेको भूमिलाई फिर्ता लिने अवसर आएको बताए ।

प्रधानमन्त्रीद्धारा आयोजित सर्वपक्षीय बैठकमा सीमा विषयमा भएको सहमति र एकताले सबै एक ढिक्का भएको प्रमाणित गरेको उल्लेख गर्दै भने, सिमा अतिक्रमणविरुद्ध सिंगो राष्ट्र नै एकजुट भएको छ । हाम्रो एकतालाई हाम्रो भौगोलिक अखण्डता, सार्वभौमसत्ताालाई सम्मानित गर्ने यति ठुलो अवसर फेरि प्राप्त हुँदैन । यो अवसर र चुनौती दुवै हो ।’

‘महाकालीदेखि पूर्व नेपाल र पश्चिम भारत हो, अरु कुरा मान्य छैन ।’ दाहालले भने, ‘सुगौली सन्धिपछिको ऐतिहासिक दस्तावेजले नै नेपालको भूमि कति हो र भारतको कति हो भन्ने प्रमाणीत गरेको छ ।’

दाहालले एकता असफल पार्न षडयन्त्र भए पनि आफुहरुले पार्टी एकतालाई टुङ्गोमा पुर्याएको बताए । ‘केपीजी र म उस्तैउस्तै भएर एकतामा हाम फालेका हौँ ।’

दाहालले भने ‘पार्टी एकता नेपालको राजनैतिक इतिहसमा निकै परसम्म छाप छोड्ने परिघटना हो ।’ दाहालले आसन्न उपनिर्वाचन नेकपाका लागि परिक्षा भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित