२९ आश्विन २०८३, बिहिबार

युनाईटेड ईन्स्योरेन्स कम्पनीको २५ औँ साधारण सभा सम्पन्न

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ कात्तिक । युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लि.को २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कात्तिक २६ गते मंगलबारका दिन बबरमहल–११ स्थित कार्की ब्याङ्गकेटमा समापन भयो ।

वार्षिक साधारणसभा कम्पनीका संचालक समिति अध्यक्ष भरत बहादुर कार्कीको अध्यक्षतामा बसी सामान्य प्रस्तावहरु र विशेष प्रस्तावहरुमा छलफलगरि पारित भयो ।

त्यसैगरि संचालक समिति सदस्यहरुको बैठक भत्ता सम्बन्धी प्रस्ताव साधारण सभाको बहुमतले पारित भएको घोषणा संचालक समिति अध्यक्ष एवं सभाका सभाध्यक्षबाट घोषणा गरे ।

प्रस्तावहरुमा आ.व. २०७४/०७५ वार्षिक प्रतिवेदन, सोहि आ.व.को नाफा नोक्सान तथा नगदप्रवाहको विवरण लगायत वित्तीय विवरणहरु पारित गर्दै आगामी आ.व. २०७५/०७६ को लागि लेखा परिक्षकमा मदन निरौला एण्ड कम्पनीलाई नियुक्त गरिएको सर्वसम्मत रुपमा बैठकबाट पारित भयो ।

त्यसैगरि विशेष प्रस्तावको रुपमा पेश भएका संचालक समितिको संरचनामा ७ जना संचालक सदस्यहरु रहने गरि कम्पनीको विनियमावलीमा संशोधन गर्ने प्रस्ताव र कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसंग एक आपसमा भाग्ने/गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्तगर्न निजको पारिश्रमिक तोक्ने लगायत मर्जर सम्बन्धी अन्य आवश्यक प्रकृया पुरा गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको कम्पनीका सचिव बिदुर बहादुर भुजेलले जनाएका छन् ।