गुवाहाटी । नेपाली साहित्यका वरिष्ठ साहित्यकार प्रा. लीलबहादुर क्षेत्रीलाई बासुदेव-मालती स्मृति अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र असम नेपाली साहित्य सभाले संयुक्त तत्वावधानमा यो पुरस्कार उनलाई प्रदान गरेको हो ।
गुवाहाटीको एउटा होटलमा सम्पन्न कार्यक्रम बीच उनलाई यो पुरस्कार प्रदान गरिएको असम नेपाली साहित्य सभाका मूल सचिव रुद्र बरालद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा बताइएको छ।
अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली र असम नेपाली साहित्य सभाका अध्यक्ष दुर्गा खतिवडाले संयुक्तरूपमा अध्यक्षता गरेको कार्यक्रम बीच प्रा. छेत्रीलाई यो पुरस्कार प्रदान गरिएको हो ।
डा. खगेन शर्मा र इन्दु प्रभा देवीले सञ्चालन गरेको कार्यक्रममा पुरस्कारका प्रायोजक दुर्गा दाहाल, वरिष्ठ कवि नव सापकोटा, त्रिभूवन विश्वविद्यालयका प्रा. डा. लक्ष्मण प्रसाद गौतम, असमका सेवानिवृत्त प्रसाशनिक अधिकारी दलबहादुर क्षेत्री, भागोप-का असम एकाईका अध्यक्ष नित्यानन्द उपाध्यायलगायत वरिष्ठ साहित्यकारहरूको उपस्थित रहेको थियो ।















प्रतिक्रिया