२९ आश्विन २०८३, बिहिबार

सीमा अतिक्रमणको विरोधमा देशव्यापी विरोध

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

भक्तपुर, २५ कात्तिक । भारतले गरेको नेपालको भूमि अतिक्रमणको विरुद्धमा नेपाल मजदूर किसान पार्टीले देशव्यापी विरोध चर्काएको छ । नेमकिपाले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतीय नयाँ नक्सामा गाभेको विरूद्धमा देशव्यापी रुपमा विरोध अभियान शुरु गरेको हो ।

भक्तपुरबाट शुरु गरेको देश बचाउ अभियानमा भारतले आफ्नो नक्सामा राखेको भूमि फिर्ता गर्न र भारतले जारी गरेको नयाँ नक्साबाट नेपाली भूमि हटाउन माग गर्दै नेमकिपाले भक्तपुरलगायत देशका विभिन्न जिल्लामा विरोध जुलुस एवं सभाको आयोजना गरेको छ ।

नेमकिपाले भक्तपुर, कीर्तिपुर, जुम्ला, नेपालगञ्ज, कैलाली, सुर्खेतलगायतका स्थानमा जुलुस तथा विरोध सभाहरु गरेको नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंले जानकारी दिनुभयो ।

नेमकिपाले आफ्ना केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको नेतृत्वमा जिल्लाजिल्लामा अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनुुभयो । भारतले नेपाली भूमि फिर्ता गरेर भारतीय सेना नहटाएसम्म नेमकिपाको विरोध जारी रहने उहाँले बताउनुभयो । –रासस