बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

गोली प्रहार गरेर तुलसीपुरमा लुटेरा समूहलाई पक्राउ

दैनिक नेपाल २०७६ कार्तिक २५ गते १८:२५

तुलसीपुर, २५ कात्तिक । प्रहरीले गोली प्रहार गरेर तुलसीपुरमा लुटेराको समूहलाई पक्राउ गरेको छ । बल्याकमेलीङ गरेर लुटेराको समूहलाई ५ लाख रुपैयाँ बुझाउने क्रममा तुलसीपुर –३ खमारीको जंगलमा प्रहरीले गोली प्रहार गरेर ३ जनालाई नियन्त्रणमा लिएको हो ।

घटनामा संलग्न अन्य फरार भएको स्थानीयले जानकारी दिएका छन् । घटना सोमबार बिहानको हो । स्थानीयका अनुसार दुधबहादुर भण्डारी, नविन नेपाली र नाम नखुलेका अर्का एक व्यक्ति छन् ।

त्यसैगरी अर्जुन पुन, इश्वरी पुन फरार रहेका छन् । सो समूहले त्यस क्षेत्रमा विगत लामो समय देखि आतंकित पार्दै आएको स्थानीयले बताएका छन् ।

गत शनिबार केटीसँगै रहेका ती नाम नखुलेका व्यक्तिलाई कसटपिट पछि नाङ्गैर गराएर भिडियो बनाएर सो समूहले पैसा नदिए सार्वजनिक गरिदिने बताए पछि ती व्यक्ति सोमबार बिहान ५ लाख रुपैयाँ लगेर बुझाउन गएका थिए ।

सोही क्रममा प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो । ती व्यक्ति ५ लाख रुपैयाँ दिने सर्तमा लुटेराको समूहबाट छुटेका थिए । यता इलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको पूर्ण विवरण केहि छिनमा दिने बताएको छ ।

‘घटना भएकै हो तर आधा घन्टापछि सबै जानकारी तपाईहरुलाई दिन्छौ तयारी हुदै छ’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक हरिहर नाथ योगीले भने ।

प्रतिक्रिया
सम्बन्धित