
पोखरा, २५ कात्तिक । नेकपा उम्मेदवार विद्या भट्टराईले काँग्रेस नेता तथा इतिहास पुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेकी छन् ।
चुनावी प्रचारमा रहेकी विद्याले सोमबार पोखरा ४ गणेशटोलमा रहेको गणेशमान सिंहको शालिकमा जन्मजयन्तीको अवसरमा माला लगाइदिएर घरदैलो कार्यक्रममको सुरुवात गरेकी हुन् ।
भट्टराई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । चुनवी प्रचारको क्रममा घरदैलोमा रहेकी विद्याले अधिकारीले अघि सारेका विकास निर्माणका योजना पूरा गर्ने प्रतिबद्धतासहित आफू उम्मेदवार बनेको बताएकी छिन् ।
उनले मनोनयनभन्दा केही दिनअघि मात्रै रत्नराज्य लक्ष्मी क्याम्पसको उपप्राध्यापकबाट राजीनामा दिएकी थिईन् ।













प्रतिक्रिया