
बझाङ, २५ कात्तिक । बझाङ जिल्लामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बुंगल नगरपालिका–५ सट्टायकी ३४ वर्षीया अञ्जना धामीको लडेर मृत्यु भएको उनका आफन्तहरुले बताएका छन् ।
स्थानीय बीरेखोला किलाहाल्लेको भीरबाट लडेर मृत्यु भएको उनका छिमेकी समेत रहेका सरस्वती माविका शिक्षक जनक कुँवरले जानकारी दिए ।
शनिबार दिउँसो एक्लै घाँस काट्न हिँडेकी अञ्जना साँझसम्म घर नफर्केपछि आफन्त र छिमेकीले खोजी गरेका थिए। शनिबार राति अबेरसम्म उनलाई कतै नभेटेपछि आइतबार बिहान पुनः खोजी गर्दा उनको शव भेटिएको मृतकका श्रीमान् अक्कल धामीले बताए ।
अञ्जनाको शव भीरको खोंचमा फेला परेको धामीले बताए। उनका नाबालक दुई छोरा रहेका छन् ।
विगत पाँच वर्षयता घाँस काट्ने क्रममा बिरेखोला किलाहाल्ले भीरबाट लडेर १४ जना स्थानीयको ज्यान गइसकेको बुंगल-५ का वडा अध्यक्ष प्रयागराज धामीले बताए ।












प्रतिक्रिया