३ कार्तिक २०८३, मंगलबार

नेकपाकाे सचिवालय बैठक आज बस्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमवार सचिवालय बैठक बाेलाएको छ ।

सरकारका मन्त्रीहरूकाे हेरफेर, उपनिर्वाचन, पार्टी एकताका बाँकी कामहरू पूरा गर्न सचिवालयकाे बैठक बस्न लागेको स्रोतले जनाएको छ ।

आइतवार सचिवालय बैठक बस्ने सन्दर्भमा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो ।

पार्टी एकता भएको १७ महिना पूरा भएपनि अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व टुंगो लाग्न सकेको छैन ।