२९ आश्विन २०८३, बिहिबार

विप्लव समूहका ब्युरो इञ्चार्जसहित २० नेकपामा प्रवेश

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, २४ कात्तिक । ‘विप्लव’ नेतृत्व समुहका नारायणी ब्युरो इञ्चार्जसहित २० जना कार्यकर्ता आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् ।

नारायणी ब्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी बलराम नेगी, क्रान्तिकारी युवाका केन्द्रीय सदस्य आइसमान ब्लोनसहित विभिन्न गाउँ कमिटीका २० जना पदाधिकारी नेकपामा प्रवेश गरेको नेकपा मकवानपुरका सचिव तथा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज विरोध खतिवडाले पार्टी प्रवेश गर्नेलाई टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।

स्वागत कार्यक्रममा नेकपा नेता खतिवडाले नेकपाको नेतृत्वमा रहेको वर्तमान सरकारले र सर्वहारा वर्गको हितमा काम गरिरहेको बताउनुभयो । सरकारले राष्ट्रियताका पक्षमा काम गरिरहेको उहाँको भनाइ थियो । –रासस