
काठमाडौँ, २४ कात्तिक । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । पार्टीको बाँकी रहेका एकता प्रक्रिया टुंगो लगाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
अध्यक्षद्वयबीच आइतबार दिउँसो झन्डै डेढ घण्टा छलफल भएको र आयोगहरुको नेतृत्व टुंगो लागेको स्रोतले बतायो ।
नेकपामा अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन भएको छैन । अन्य पार्टीका विभागमा पनि सदस्य चयन हुन बाँकी छन् ।
यिनै विषयमा टुंगो लगाउन मंगलबार सचिवालय बैठक बस्ने स्रोतले बताएको छ ।













प्रतिक्रिया